शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ६, २०८३



  • काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

    नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् ।

    नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।

    प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभांग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् ।

    यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् ।

    पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु, १०१ घाइते
    हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्याण्डको इतिहास
    बडादसैँको तेस्रो दिन : आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
    भोटेकोशी बाढीको प्रतिकार्यका लागि २ करोड १६ लाख डलर स्वीकृत
    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को
    एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij