शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु, १०१ घाइते

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ७, २०८३



  • काठमाडौँ। कास्की जिल्लामा गत असोज महिनामा भएका ५९ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य महिनाको तुलनामा असोजमा दुर्घटना र मानवीय क्षति बढी भएको हो।

    दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न रहेका थिए भने प्रहरीले चालकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार तीव्र गतिकै कारण सबैभन्दा बढी (२० वटा) दुर्घटना भएका हुन्।

    गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा मात्रै ५ विद्यार्थीसहित ६ जनाको ज्यान गएको थियो। दुर्घटनाका अन्य कारणहरूमा मादक पदार्थ सेवन (१०), सवारीचालक अनुमतिपत्र नहुनु (५), यान्त्रिक समस्या (१) र अन्य विविध कारण (२३) रहेका छन्।

    यस्तै, प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्ने ४ हजार ७८५ वटा कारबाहीबाट रु. ३९ लाख ९८ हजार ५०० राजस्व सङ्कलन गरेको छ। विपद्तर्फ सुक्खा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने आगलागीका ५, अविरल वर्षाका २८, चट्याङका २ (जसमा ३ चौपायाको मृत्यु) र सुक्खा पहिरोका २ घटना दर्ता भएका छन्।

    अविरल वर्षाका कारण ४ घरमा आंशिक क्षति पुगेको छ। यसका साथै प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ७ वटा सवारीसाधन नियन्त्रणमा लिई कारबाही गर्दा रु. १ लाख १४ हजार राजस्व सङ्कलन भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना: ११ जनाको मृत्यु, १०१ घाइते
    हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्याण्डको इतिहास
    बडादसैँको तेस्रो दिन : आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
    भोटेकोशी बाढीको प्रतिकार्यका लागि २ करोड १६ लाख डलर स्वीकृत
    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को
    एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij