आइतवार, कार्तिक ९, २०८३ | Sunday 25th October 2026

धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

  • प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३



  • धनुषामा श्रीमान्–श्रीमती नै मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको हत्या भएको आशंका गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि मृत फेला परेका छन्।

    प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

    रिनाका श्रीमान् उमेश घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको घर मिथिला बिहारी नगरपालिका–४, भरतपुरमा रहेको छ। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।

    मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ।

    धनुषाका प्रहरी DSP ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

    घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    हेटौंडामा कार र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, चालक घाइते
    जानकी मन्दिरमा १०८ पाहुर चढाएर मनाइयो कोजाग्रत पूर्णिमा
    युक्रेनले स्टारलिङ्कको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप
    अमेरिकाले आजै इरानमाथि आक्रमण गर्न सक्ने ट्रम्पको संकेत
    कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
    सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो
    इरानमाथि पुनः घातक सैन्य हमला हुनसक्ने ट्रम्पको चेतावनी
    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
    ‘एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो’
    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरालाई पनि चोट

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij