प्रकाशित मिति : आइतवार, कार्तिक ९, २०८३
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा हेटौंडा–१३ बनस्पति निवासी २४ वर्षीय सुकराम लोप्चनको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रकाश थापाको हेटौंडा अस्पतालमा उपचार गरिएको छ।
हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा.७५ प ६२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारसँग ठोक्किएको थियो।
दुर्घटनालगत्तै कार चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय शिवप्रसाद खतिवडा तथा दुर्घटनामा संलग्न कार र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij