काठमाडौं । माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क मञ्च इलाका नम्बर १५ को एकता भेलाले ४१ सदस्यीय समिति गठन गरेको छ । दुईदिने भेलाले जयप्रकाश राई इन्चार्ज र राजुविक्रम चाम्लिङ (दुर्छिम) संयोजक रहेको समिति गठन गरेको हो ।
समिति सदस्यमा रुपकुमार राई, सुविन्द्र राई, दुर्गाप्रसाद भण्डारी, भलाकाजी गुरूङ, रमेश बस्नेत, शुभ मान्सुङ ‘आदेश’, जितकुमार राई, जसदीप राई, ऋषिमान राई, विनोद दहाल, नीरकुमार राई र कन्काइस्ट राई रहेका छन् ।
४१ सदस्यीय समिति सदस्यमा सुमन नाछिरिङ, सुवास दंगाल, भीमराज राई (बुइपा), भीमराज राई (बाक्सिला), डार्बिन राई, डिल्ली आचार्य, नरेश परियार, भानु प्रधान, देवान राई किराती, सृजना बस्नेत, इन्द्रहाङ किराती, सुशीला चाम्लिङ रहेका छन् ।
यसैगरी, हरिश्चन्द्र राई, जयन्द्र गुरूङ, मुक्तिराम पौडेल, दीपेन्द्र राई, कुलदीप राई, कर्ण राई, सरोज अधिकारी, बीर्ख तामाङ, रोहिन राई र एगिन राई सदस्य रहेको समितिमा पाँच महिला सदस्य पछि थप्ने समिति संयोजक राजुविक्रम चाम्लिङले जानकारी दिए ।
एकता भेलामा माओवादी केन्द्रको भावी कार्यदिशा, समसामयिक विषय, जनतासँगको सहकार्य र पुग्ने आधारबारे सुरेशकुमार राई (हिमाल) ले प्रशिक्षण दिएका थिए । त्यसैगरी ध्रुव बुढाथोकी (धिरेन) ले समय परिस्थितिअनुरुप पार्टी एकीकरणको आवश्यकता, अपरिहार्यता, पार्टीलाई सही दिशामा लैजान आवश्यक कार्ययोजना र जनअभियानबारे सुझाएका थिए ।
देवान किराती (पृथ्वी) ले जिल्ला पार्टीको संरचना, इतिहास, सम्पर्क इलाकाको महत्व, यसको औचित्य, आवश्यकता र अभियान र पूर्वसभासद् दुर्गाजयन्ती राईले पार्टी फुटको परिणाम, आत्मसमीक्षा, पार्टी एकताको आवश्यकता र अवसर तथा समावेशी सहभागिता र संविधानका आधारमा महिला सहभागिताको सुनिश्चितताका अपरिहार्यबारे प्रशिक्षण दिएकी थिइन् ।