प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
सल्यान । सल्यानको कुमाखमालिका गाउँपालिका १ कालागाउँको निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसबाट सदस्य पदका प्रत्यासी दलबहादुर रानाको निधन भएका कारण उक्त वडामा सदस्यको निर्वाचन स्थगित गरिएका हो ।
कांग्रेसबाट सदस्यमा उठेका उम्मेद्वार रानाको छतबाट खसेर मृत्यु भएको थियो ।
स्थगित गरिएको निर्वाचन जेठ २ गते गरिने निर्वाचन कार्यालय सल्यानले जनाएको छ । २ गते नै कांग्रेसबाट मात्र उम्मेदवार मनोनयन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका रानाको उपचारका क्रममा भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij