आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्याग्दीमा मतगणना सम्पन्न, चार स्थानमा कांग्रेस, दुई स्थानमा एमाले विजयी

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४



  • वैशाख ३१ गते भएको म्याग्दी जिल्लाको स्थानीय तहको निर्वाचनको मतगणना आज विहान सम्पन्न भएको छ ।

    म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको मेयरसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

    त्यस्तै मंगला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचिन भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिएका छन् ।

    बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत प्राप्त गरेका छ्न ।

    त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका क्या. डमवहादुर पुन गाउँ पालिका प्रमुखमा निर्वाचित भएका छन् । उनले ३ हजार ३२० मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले ३ हजार १ सय २७ मत प्राप्त गरे ।

    त्यस्तै रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भव वहादुर भण्डारी निर्वाचिन भएका छन् ।

    भण्डारीले ४ हजार ४३४ मत प्राप्त गरे भने नेकपा एमाले र नेकपा माओवादी(केन्द्र) को तर्फवाट अध्यक्षका उम्मेदवार खिमवहादुर शाहीले २ हजार ७३० मत प्राप्त गरेको रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइकेलले जानकारी दिएका छन् ।

    त्यसै गरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमला तिलिजाले ३ हजार ८४७ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी एमाले-माओवादी केन्द्रका हरि भण्डारीले २ हजार ६६२ मत प्राप्त गरेका छन् ।

    त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा पनी नेपाली कांग्रेसका श्रीप्रसाद रोका २ हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले २ हजार ६२२ मत प्राप्त गरेका छन् ।

    उता पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी भएकी छन् ।

    उनले २ हजार ४६० मत प्राप्त गरिन भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले २ हजार १६८ मत प्राप्त गरे ।

    त्यस्तै मंगला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij