प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
काठमाडौ । एक यस्ता कलाकार जसमाथि कलाकारितामा पाइला राख्दै गर्दा जिन्दगीमा समस्याको चाङ लागेको छ । ती उदियमान कलाकर हुन्, मोरङ बयरबयन गाविस वार्ड नम्बर ३ हरकपुरका २७ वर्षिय सन्दीप सेन्चुरी ।
कलाकारितामा रमाउँदै गरेका उनलाई बोनम्यारो क्यान्सर भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार उनको बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने हुन्छ ।
दिल्ली स्थित बि एल के अस्पतालले गत बैशाखमा उनलाई बोनम्यारोको क्यान्सर भएको पत्ता लगाएको थियो ।
उपचारमा करीब ३० लाख लाग्ने भनिएपछि सामान्य आर्थिक अवस्था भएका उनलाई समस्या भएको छ । उनले सहयोग पाए आफूले पूर्नजीवन पाउने भन्दै सहयोगको याचना गरेका छन् ।
सन्दीपले गायकहरु स्वरुपराज आचार्य, दिपक लिम्बु, प्रमोद खरेल, शिव परियार, दिपेन्द्र रसायली, दिनेश मल्लिकलगायतको स्वर रहेको गीतहरुमा अभिनय गरेका छन् ।
उनले अभिनय गरेको म्युजिक भिडियोहरु “मैले के गल्ति गरे प्रिए” दिपक लिम्बु, “कमलो मुटु छेडेर गयौ” स्वरुपराज आचार्यको स्वर रहेको भिडीयो युटुब मा हेर्न सकिन्छ ।

यसैबीच उनको उपचारको लागि सहयोगार्थ कार्यक्रमहरु भइरहेका छन । सोही क्रममा अहिलेसम्म करिब ५ लाख भन्दा धेरै रकम संकलन भएको छ । रकम जोहो भन्र्न सके करिब ४ महिना देखि विरामी सन्दिपको तत्काल बोनम्यारो प्रत्यारोपण हुने छ ।
उनलाई सहयोग गर्न इच्छुकले ग्लोबल आई एम ई बैंक सुकेधाराको खाता नम्बर९१०७०१००००९३२ मा रकम जम्मा गर्न सक्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij