आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् । संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेसमेत लचिलो देखिएपछि निर्वाचन सार्ने तयारी सुरु भएको हो, राजधानीमा खबर छ ।

    शनिबार अबेरसम्म चलेको सत्तारूढ दल कांग्रेस–नेकपा माओवादी केन्द्र, प्रतिपक्षी एमाले र राजपाका शीर्ष तहका नेताबीच निर्वाचन सार्ने सैद्धान्तिक सहमति जुटेको हो ।

    बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार निर्वाचन सारेर राजपाको दल दर्ता तथा निर्वाचन चिह्न प्रदान गर्न निर्वाचन आयोगसँग परामर्श गरेर दल दर्ताका लागि समय दिने सहमतिसमेत भएको छ । उनका अनुसार निर्वाचनको अर्को मिति भने आयोगसँग आइतबार छलफल गरेर मात्र टुंगामा पुग्ने सहमति दलहरूबीच जुटेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij