मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आमा बिना पनि बच्चा जन्माउन सकिने तथ्य बैज्ञानिकले फेला पारे

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • आमा बिना पनि बच्चा जन्माउन सकिने सम्भावना रहेको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट बच्चा जन्माउन सकिने अनुसन्धानबाट देखिएको बताएका छन् ।

    यसले लोप हुने अवस्थामा पुगेका पशुपक्षीको संरक्षणमा सहयोग पुग्ने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । यसलाई मानिसको प्रजनन् स्वास्थ्य समस्याको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने उनीहरुको भनाई छ ।

    मुसामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो । बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको भन्ने देखाएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

    अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिनेछ । छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको अनुसन्धानकर्ता डा. टोनी पेरीले बताउनुभयो । झण्डै दुईसय वर्षको प्रयासपछि यसमा सफलता पाएको र थप अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो ।

    अनुसन्धानले दुई पुरुषले पनि बच्चा जन्माउन सक्ने देखिएको छ । यसका लागि एकको विशेष कोष डिम्ब बनाउनका लागि प्रयोग गरिने र अर्कोको शुक्रकिट त्यसमा राखेपछि भ्रुण बन्ने वैज्ञानिक पेरीले बताउनुभयो । वा एउटै पुरुषको शुक्रकिट र विशेष कोष प्रयोग गरेर पनि बच्चा जन्माउन सकिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij