प्रकाशित मिति : आइतवार, असार १८, २०७४
बैतडी ।बैैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो ।
मेयरमा माओवादीका रणबहादुर कुँवर ४,४४६ मत ल्याएर विजयी बने । कुँवरले नेपाली नेपाली काङ्ग्रेसका दीपक बमलाई ३३५ मतले पराजित गरेका हुन् । बमले ४,१११ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी जानकी बम विजयी भइन् ।
उनले ४,९८४ मत ल्याइन् । बमकी प्रतिद्वन्द्व एमालेकी जानकी साउदले ३७८७ मत ल्याइन् ।
बैतडीका दशवटा तहमध्ये नेपाली कांग्रेस ३ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा विजयी बन्यो भने एमालेले ३ गाउँपालिकामा जित हात लगायो । माओवादी केन्द्रले भने १ नगरपालिकामा चित्त बुझाउनुपर्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij