आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस भारी मतले विजयी

  • प्रकाशित मिति : शनिबार, असार २४, २०७४



  • धेरैको चाँसोको विषय रहेको सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएको छ । आज बिहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भए ।

    उनले १४३२४ मत ल्याए भने उनका प्रतिस्प्रर्धी हमालले ११५२७ मत पाए। यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भएकि छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल भइन् । भट्टले १७४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याइन । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्षमात्र सहित १२, माओवादी केन्द्रले ४ र एमालेले ३ वडामा जित हात पारेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij