सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

अमेरिकामा निशान भट्टराईको लोकप्रियता चुलियो

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • नेपाल आईडलमा बाँकी रहेका ६ जना प्रतिस्पर्धीहरू बिच आज भएको गीती प्रतियोगीता पश्चात नेपाल आईडल रोमान्चक मोडमा पुगेको छ। कडा रूपमा उत्रेका प्रतिस्पर्धीहरूले आ-आफ्नो सम्पर्क मार्फत देश तथा विदेशमा रहेका आफ्ना फ्यानहरूसंग भोट माग्न शुरू गरेका छन्।

    नेपाल आईडलको शुरू देखिनै प्रतियोगी मध्येका एक निशान भट्टराईको लोकप्रियता बढ्दो छ। अमेरिकामा उनका फ्यान तथा शुभचिन्तकहरूले निशानलाई भोट दिन क्याम्पियन नै शुरू गरेका छन्। आज मात्रै निशानले आफ्नो फेसवुक मार्फत तराईमा आएको बाढीबाट पुग्न गएको क्षतिबाट आफू मर्माहत भएको र यस अवस्थामा आफूले सहयोगका लागि तराई जान नसकी पीड़ादायी अवस्थामा नेपाल आईडलको मञ्चमा रहनुपरेको बाध्यताका बारेमा दुःख प्रकट गरेका छन्।

    उनको यस पोष्टलाई केही घन्टामै चौबिस हजार बढीले लाईक गरेका छन् र उनले व्यक्त गरेका भावनात्मक भनाई यतिवेला अमेरिकामा भाईरल भएको छ।

    निशान भट्टराईले आफ्नो फेसवुकमा लेखेका छन्-

    हामी हरेक वर्ष केही न केही समस्या झेलिरहेका छौँ। कहिले भूकम्प, कहिले बाढीपहिरो, कहिले विभिन्न रोगहरूको महामारी आदि आदि। र यतिबेला भने देशले बाढीपहिरोको कठिन परिस्थिति झेलिरहेको छ। थुप्रै घरपरिवार विस्थापित हुनुभएको छ, थुप्रै परिवारहरू आफन्त गुमाएको पीडामा हुनुहुन्छ, अभाव र असहाय अवस्थामा कति परिवारहरू गुज्रिरहुनु भएको छ। यो सब देखेर मेरो मनमा अत्यन्तै पीडा भइरहेको छ, छटपटी भइरहेको छ। यो बेलामा आफ्नो तर्फबाट केही गर्न सकिरेहको छैन त्यसले मलाई झन भावुक बनाइरहेको छ।

    म यतिबेला यो सब पीडा मनमा बोकेर नेपाल आइडलको मन्चमा छु। मेरा फ्यानहरू पीडामा हुनुहुन्छ, मैले बढो दुःखले हाँस्ने हिम्मत गरिरहेको छु र हरेक बिहीबार झैँ यो बिहीबार पनि नेपाल आइडलको कार्यक्रम प्रस्तुत हुँदैछ। तर यो साता भने म यहाँहरूलाई भोट गरिदिनुहोस् भन्न सक्ने अवस्थामा छैन।

    आदरणीय, मेरा आत्मीय मित्रहरू, मेरा सम्पूर्ण प्रियजनहरू, आफन्तहरू ! पहिला हजुरहरू सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस्। त्यसपछि सहज भयो भने नेपाल आइडलको कार्यक्रम हेरेर भोटिङ गनुहोस्।

    सबभन्दा पहिला यहाँहरू सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहन्छु।

    तपाईहरूको प्यारो निशान भट्टराई।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij