आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई संघीय प्रतिनिधि सभा सदस्य निर्वाचित हुने गरी क्षेत्र निर्धारण गर्न माग

  • प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४



  • नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिएका छन् ।

    खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

    इतिहासविद् तथा राजनीतिक विश्लेषक  रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याए ।

    संघीयतालाई अरु देशसँग तुलना गरेर नेपालमा लागू गर्न नमिल्ने भन्दै ढुंगेलले दूरदराजका जनताको आवाज समावेश गर्न र जनताको लागि राज्य छ, भन्ने अनुभूति गराउनुपर्ने धाराणा राखे ।

    अरुण विद्युत् आयोजना र चीनसँग जोडिएको किमाथाङका नाका रहेको संखुवासभा जिल्लालाई प्राकृतिक र जनसंख्याको आधारमा दुईजना जनप्रतिनिधि पाउने कुरामा संविधानले नै स्पष्ट देखाएको उनले जिकिर गरे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij