प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४
वीरगञ्ज महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार मध्यान्ह १२ बजेको मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवारको अग्रता कायमै रहेको छ । वीरगन्ज महानगरमा ८४३१३ मत खसेकोमा फोरमका उम्मेदवार विजयकुमार सरावगीले १८८४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका अजयकुमार द्धिवेदीले १६९३५ मत पाएका छन् ।
विजयकुमार र अजयकुमारको मतान्तर १९१३ रहेको छ । अहिलेसम्म ८१५७५ मत गणना भइसकेको अवस्थामा अब मात्र २७३८ मत गन्न बाँकी रहेकाले फोरमका उम्मेदवारको जितको सम्भावना प्रवल बनेको छ । अब वडा नम्बर १६ को जम्मा २७३८ मत गन्न बाँकी रहेको हो ।
यस्तै उपमेयरमा भने कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । कांग्रेसका उममेयर उम्मेदवारको १९३३८ रहेको छ भने फोरमका उम्मेदवारको १८००५ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij