आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री प्रचण्डद्वारा आतङ्कवादी आक्रमणको निन्दा

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • k|d;Fu g]kfn kqsf/ dxf;ª3k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

    उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सन्देश पठाउँदै आक्रमणका दोषीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।

    आतङ्कवादका सबै रुप र प्रकटीकरणको नेपाल दृढ अडानका साथ निन्दा गर्छ भन्दै सन्देशमा प्रधानमन्त्री दाहालले त्यसको सबैले डटेर मुकाविला गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीमार्फत दिवङ्गत सेनाका परिवारजनमा समवेदना एवम् सहानुभूति प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij