प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
काठमाडौं, १८ साउन—संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देश र नियोगका लागि प्रस्तावित राजदूतको सुनुवाई सुरु गरेको छ । समितिको हिजोको बैठकले संसदीय सुनुवाइ अघि नै एग्रिमो माग गर्ने सरकारको निर्णय अनुचित भएकोमा ध्यानाकर्षण गराउँदै सुनुवाइ अघि बढाउने निर्णय गरेको थियो ।
आज उजुरीकर्तासँगको छलफलपछि समितिले सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी र दुर्गाबहादुर सुवेदीको सुनुवाइ गर्नेछ ।
सरकारले अधिकारीलाई पाकिस्तान, पोखरेललाई ब्राजिल, प्रकाश सुवेदीलाई संयुक्त राष्ट्रसंघीय कार्यालय, भियना र दुर्गा सुवेदीलाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । उहाँहरू सबै परराष्ट्र सेवाबाट राजदूत सिफारिसमा पर्नुभएको हो ।
संसद्को कार्यसञ्चालन नियमावली–२०७३ अनुसार आउँदो साउन २२ गतेसम्म सुनुवाइ गरी अनुमोदन वा अस्वीकृतको निर्णय समितिले परराष्ट्र मन्त्रालयलाई गराइसक्नुपर्नेछ ।
सुनुवाइ प्रक्रिया सुरु भएको ४५ दिनभित्र समितिले निर्णय गर्न नसके नियुक्तिका लागि बाधा नगर्ने नियमावलीमा उल्लेख छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij