मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • काठमाडौं, पुस ३ । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

    सोमबार राजधानीमा सम्पन्न बैंकको १०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यसबाट बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुगेकोे छ ।

    साधारणसभाले निर्वाचन सम्पन्न नभएसम्मका लागि संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट सन्चालक समितिमा प्रतिनिधित्व गर्ने सन्चालकहरुलाई सन्चालक समितिमा निरन्तरता दिने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

    अध्यक्ष मोतीलाल दुगडले बैंकले प्रगति जारी राखेको प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

    बैंकको हाल शाखाहरुको संख्या ७० र एटीएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकाभित्र २९ शाखाहरु र उपत्यकाबाहिर ४१ शाखाहरु रहेका छन् ।

    बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुसमेत प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij