मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

काभानी र एमबाप्पेले गोलमा पिएसजीको सहज जित

  • प्रकाशित मिति : बिहिबार, पुस ६, २०७४



  • फ्रेन्च लिग वान फुटबलमा बुधबार राति लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित निकालेको छ।

    घरेलु मैदानमा भएको खेलमा पिएसजीले कँनलाई ३–१ ले हराउँदै दोस्रो स्थानको टिमसँगको अंक दूरी ९ पुर्‍याएको छ।

    पिएसजीको जितमा एडिसन काभानी, केलियन एमबाप्पे र युरी बेर्चिचे इजेटाले गोल गरे। कँनका लागि सान्तिनीले एक गोल फर्काए।

    खेलको २१ औं मिनेटमा काभानीको गोलबाट सुरूवाती अग्रता लिएको पिएसजी पहिलो हाफमा १–० ले अघि बढ्यो।

    दोस्रो हाफमा केही आक्रमक देखिएको पिएसजीका लागि ५७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे।

    मोनाकोबाट यहि सिजन आएका एमबाप्पेले अहिलेसम्म पिएसजीका लागि १२ गोल गरिसकेका छन्। त्यसपछि खेलको ८१ औं मिनेटमा नेइमारको पासमा युरीले गोल गर्द गर्दै पिएसजीको अग्रता ३–० मा पुर्‍याए।

    ९० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै
    सान्तिनीले कँनका लागि सान्तवना गोलम फर्काए।

    जितपछि शीर्ष स्थानको पिएसजीको १९ खेलबाट ५० अंक भएको छ । राति नै भएको खेलमा रेनलाई २–१ ले हराएको दोस्रो स्थानको मोनाकोको ४१ अंक भएको छ। यस्तै समान ४१ अंक भएको लायन तेस्रो स्थानमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij