सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

अस्थायी राजधानी नै स्थायी हुने

  • प्रकाशित मिति : शुक्रबार, माघ ५, २०७४



  • सरकारले बुधबार तोकेका अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको धारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेश संसद्को दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    हाल विवादमा रहेका १, २, ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन । दुईतिहाइ बहुमत नपुग्दासम्म हाल सरकारले तोकेका अस्थायी राजधानी नै लामो समयसम्म स्थायी राजधानीसरह कायम हुने अवस्था छ । विवाद नभएका ४ र ६ नम्बर प्रदेशमा भने स्थायी राजधानी तोक्न प्रदेशसभा सदस्यको  दुईतिहाइ पुग्ने स्थिति छ । ४ नम्बर प्रदेशको अस्थायी राजधानी पोखरा र ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिएको छ।

    प्रदेश अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई छ । प्रदेशसभाले स्थायी राजधानी नतोकेसम्म सरकारले तोकेबमोजिम प्रदेश राजधानीबाट कार्यसञ्चालन हुने संविधानमा उल्लेख छ । अहिलेको सरकारले तोकेको अस्थायी राजधानीलाई पनि नयाँ सरकारले परिवर्तन गर्न सक्छ तर प्रदेशसभामा दुईतिहाइ नपुग्ने बेलासम्म त्यो पनि अस्थायी नै रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij