आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने कांग्रेस निर्णय

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०७४



  • कांग्रेसले अहिलेसम्म अवसर नपाएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझाबलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरूलाई उम्मेदवार बनाउने,’ कांग्रेस निर्णयमा उल्लेख छ । यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।

    बैठकमा बोल्दै बालकृष्ण खाणले राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ भनेका छन्।

    ‘१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ,’ उनले भने।

    यस्तै शेखर कोइरालाले हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्नेभन्दै उचित अवसर दिन माग गरेका छन्।

    ‘संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ,’ उनले भने, ‘मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।’

    यसैगरी जीवन परियारले अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्‍याउ नहुने बताए। ‘केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij