मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

झापालाई हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा

  • प्रकाशित मिति : शुक्रबार, माघ १२, २०७४



  • विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा-रारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

    शुक्रवार पोखरा रंगशालामा भएको अन्तन्त कडा प्रतिशर्धामा पूर्वेली क्लब झापा ११लाई १-० गोल अन्तरमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।

    पुलिसलाई जिताउन सुमन लामाले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

    खेलको १३ औं मिनेटमा लामाले गोल गर्दै पुलिसलाई दिलाएको अग्रता टोलीले खेलको अन्तिम समय सम्म जोगाउन सफल भयो।

    पुलिसले २९ औं मिनेटमा अग्रता दोब्बर गर्ने अवसर पाए पनि अन्मार्कड रवी पासवानको प्रहार झापाका किपर किशोर गिरीले बचाए।

    झापाले पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा घर फर्कन बाध्य भयो।

    पुलिसले अब क्वाटर फाइनलमा मनाङको सामना गर्नेछ।

    झापाले २८ औं मिनेटमा लगातार ३ कर्नर पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेन। भोला सिलवाल र जुमानु राईलाई बेञ्चमा राखेको पुलिसले युवा खेलाडीका साथमा बलियो देखियो।

    दोस्रो हाफमा झापाले पोसेसन राखे पनि गोल गर्ने राम्रो अवसर भने सिर्जना गर्न सकेन। पुलिसले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरहरु गुमायो। रवी पासवानले ५६ औं मिनेटमा गरेको क्रसमा अविशेक रिजालको हेडर बाहिरिएपछि पुलिसले अग्रता दोब्बर गर्ने अवसर गुमाएको थियो।

    झापाले मिडफिल्डमा पकड जमाएपनि झापाका स्ट्राइकरहरु चलन सकेनन्। झापाका स्ट्राइकर विशाल राई यस प्रतियोगितामा सहभागी भएनन्।

    प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वाटर फाइनलमा बंगलादेशको उत्तर बरिनधारा र सुदूरपश्चिम भिड्ने छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij