आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस पार्टी विधान अनुसार चल्न नसक्नु कमजोरी: नेता सिंह

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • काठमाडौं, माघ २० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन् ।

    शंखमुलमा रहेका पाँचवटा टोल सुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले प्रजातन्त्रको लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दती अनुसार चल्न नसक्दा कमजोर भएको बताए ।

    ‘अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,’ उनले भने ।

    पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको दुई वर्ष वित्दापनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको बताए ।

    उनले जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे । ‘हामी संसदमा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौ’, नेता सिंहले भने ।

    काठमाडौं क्षेत्र नं १ का सांसद सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसदमा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने उल्लेख गरे ।

    उनले राष्ट्रिय गौरवका योजनालाई सरकारले निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij