बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चट्याङ लागेर सेना दिवसकै दिन २२ सैनिक घाइते

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • बैतडी, फागुन २ । नेपाली सेनाले सेना दिवस मनाइरहँदा चट्याङ लागेर बैतडीमा सेनाका २२ जना घाइते भएका छन् ।

    मंगलबार साँझ ७ बजेर ५० मिनेटमा अकस्मात परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालिमरत सेनाका २२ जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले बताए ।

    बानियाँका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

    गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ छन् ।

    सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

    नेपाली सेनाले शिवरात्रीका दिन आफ्नो दिवस मनाउने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij