बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कन्दमूल खोजेर खाने राउटे समुदाय बजार आएर सामान किन्न थाले

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • दैलेख, फागुन २ । जंगलमा बसेर कन्दमूल खोजेर खाने र बाँदरको शिकार गर्दैै आएका अछामका राउटे समुदायको दिनचर्या विस्तारै परिवर्तन हुँदै गएको छ ।

    विभिन्न गैरसरकारी संघसंस्थाले राउटे जातीको उत्थान गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि उनीहरुको जीवन विस्तारै परिवर्तन हुँदै आएको हो ।

    अहिले राउटे समुदायका मानिस सदरमुकाममै आएर आफूहरुलाई चाहिने चामल, दाल, नून, तेललगायतका सामग्री खरिद गर्ने गरेका छन् । सरकारले राउटे समुदायका लागि दिँदै आएको भत्ता र चामल लिनसमेत उनीहरु सदरमुकाम आउने गर्दछन् ।

    योसँगै उनीहरुले अन्य समुदायका मानिससँग सम्बन्धसमेत विस्तार गर्दै लगेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij