प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०७४
शिबराज पन्थी, दाङ । गढवा गाउँपालिका वडा नं. ५ झाली निवासी तुनिलाल चौधरीको घरमा विहीवार दिउँसो आगलागी हुदा निजको घर तथा गोठ दुवै ध्वस्त भएका छन् ।
दिउसो करिब १२.१५ घरमा कोही नभएको वेला एकाएक भएको आगलागीबाट चौधरीको घरमा भएको १० क्विन्टल धान, १० हजार नगद, लत्ताकपडा, फर्निचर तथा काठपात, अन्य अन्नपात गरी ४ लाख बढीको क्षति भएको ईलाका प्रहरी कार्यालयले अनुमान गरेको छ ।
आगलागी भएपछि स्थानीयबासी, रेडक्रसकमी, जनप्रतिनिधी तथा प्रहरीको सहायतामा लमही नगरपालिकाको दमकलले आगो पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।
पिडीत चौधरी वनमा ग्वाला गएको वेला आगलागी भएको र सोही घरमा रहेका बच्चा बच्चीले आगो लगाएको हुनसक्ने प्ररम्भीक अनुमान गरिएको छ । अग्नी पिडीत चौधरीका १८ जनाको परिवार रहेको चौधरीले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij