बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चन्द्रगढी विमानस्थलमा आइएफआर प्रविधि जडान, अब उडान अवरुद्ध नहुने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • झापा, फागुन ६ । हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

    झापा, फागुन ६ । हुस्सु र कुहिरोका कारण झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

    यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए ।

    आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।

    यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो ।

    आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij