बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोदीखोलामा तैरिएको अवस्थामा बेवारिसे लास भेटियो

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • पर्वत, फागुन ६ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित तल्लो मोदी हाईड्रोपावर मुनि मोदी खोलाको वीचमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    पर्वत, फागुन ६ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित तल्लो मोदी हाईड्रोपावर मुनि मोदी खोलाको वीचमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    अन्दाजी ४०/४५ बर्षको युवकको लास शनिवार साँझ फेला परेको प्रहरीले जनाएको छ ।

    मृत लास घोप्टो अवस्थामा खोलाको बिचमा तैरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको खवर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थालमा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृतको हुलिया गहुँगोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, उचाई ५ फिट, कालो खैरो कपाल, कालो रंगको हुट ट्राउजर जुंगा र बोके दारी भएको युवक मृत अवस्थामा भेट्टीएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

    उक्त शव जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij