बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

माटोको ढिस्कोले पुरिएर सासु–बुहारीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • संखुवासभामा, फागुन ७ । संखुवासभाको मादी नगरपालिका–४ श्रीजुङ स्थित शेर्पा गुम्बा छेउमा आईतबार माटोको ढिस्कोले पुरिएर सासु–बुहारीको मृत्यु भएको छ ।

    अपरान्ह सवा ४ बजे माटो खन्ने क्रममा अचानक ढिस्को खसेर मान्छे पुरिएको जानकारी पाउनासाथ प्रहरी चौकी मादी रामबेनीबाट उद्धारमा खटिएको टोलीले सोही ठाउँ बस्ने दल बहादुर विककी श्रीमती ५५ वर्षीया टिकामाया विक र निजकै बुहारी २३ वर्षीया मनिषा विकको शव माटोले पुरिएको अवस्थामा फेला पारेको थियो ।

    घटनाबारे आवश्यक कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij