बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

६८ औं प्रजातन्त्र दिबश भब्य कार्यक्रमको आयोजना गरि उद्घाटन सत्र सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०७४



  • बर्षात ओली , दाङ । ६८ औ प्रजातन्त्र दिबशको अबसरमा शान्ति नगर गाउँ पालिकाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरि उदघाटन सत्र सम्पन्न भएको छ ।

    गाउँ पालिका अध्यक्ष कमान सिङ डाँगीको सभापतित्व र प्रदेश शभा सदस्य माननीय उत्तर कुमार वलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बिशिस्ट आतिथि ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा हुनुहुन्थ्यो । उक्त कार्यक्रममा गाउँ पालिकाका संपूर्ण प्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

    कार्यक्रममा उपस्थित सबै जनप्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा खेलाडी,खेलप्रेमी र कलाकारहरुको उपस्थिती रहेको थियोे । कार्यक्रमको संचालन वडाध्यक्ष तथा गाउँ पालिकाका प्रबक्ता रबि बुढाथोकीले गर्नुभएको थियोे ।

    यसैगरी भोलि ८ गते खेलकुद र हाजिरी प्रतियोगिता हुने , पर्सि ९ गते कर्मचारी र जनप्रतिनिधि बीच फुटबल र लोक दोहोरी प्रतियोगिता भै सम्पन्न हुने गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सिले जलजलाखबरलाई जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij