बसन्त पौडेल
तुलसीपुर दाङ, ८ फाल्गुण
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ मा रहेको जनज्योती मा.वि.तुहीरनियापुर को हिरक जयन्तीका अवसरमा समाजसेवि जागेश्वर वलीले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । वुवा भिम वहादुर वली र आमा पार्वती ओलीको सम्झनामा १ लाख ७७ हजार ७ सय ७७ रुपैयाको भिमपार्वती अक्षय कोषको स्थापना गर्नुभएको हो । । साथै उहाले हिरक जयन्ती सफल वनाउनका लागी १५ हजार ३ सय ६१ नगद तथा उत्कूष्ट २ जना छात्र÷छात्रालाई प्रोत्साहन स्वरुप १७ हजार ७ सय ७७ रुपैया गरी २ लाख १० हजार वरावरको रकम प्रदान गर्नुभएको छ ।
शिक्षामा सहयोग गर्ने सोच तथा शैक्षीक अभियानमा वुवाले देखाएको वाटोलाई पुरा गर्ने उद्देश्यले विद्यालयमा अक्षयकोषको स्थापना गरेको वलीले वताउनुभयो।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको थियो ।
