बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

इलाममा जिप दुर्घटना, १२ जना घाइते, ६ को अवस्था गम्भीर

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • इलाम, फागुन ९ । झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे१ज १९६ नम्बरको जिप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    रोङ्ग गाउँपालिका–१ को शिवाकोटी पाखामा ‘ब्रेकफेल’ भइ जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ ।

    प्रहरी ढिलोगरीमात्र घटनास्थल पुगेकाले घाइतेहरुको स्थानीयले नै उद्धार गरेको स्थानीय गुमानसिंह सुब्बाले जानकारी दिए ।

    उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij