बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • दैलेख, फागुन १० । दैलेखमा बिहीबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अरु पाँचजना गम्भीर घाइते छन् ।

    मृत्यु हुनेमा प्रवण शाही, निर्मला पाण्डे विष्ट, तिलक ढकाल र निर्मला सिंह रहेका छन् ।

    दैलेख सदरमुकामबाट दैलेखकै महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउँपालिका–१ ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    गम्भीर घाइते पाँचजनालाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

    जिप उकालो लाग्नेक्रममा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij