प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४
केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ।
यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ। त्यस्तै पाँच लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् ।
यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।
यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री भइसकेको छ।
यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल सिमकार्ड वितरण भएको छ । ल्याण्डलाइनसहित गरी अहिले नेपालमा ३ करोड ७५ लाख ७६ हजार ग्राहक छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij