बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रुकुममा बन्यो शान्ति स्मारक, सशस्त्र द्वन्द्वमा मारिएका ६६७ जनाको नाम उल्लेख

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • रुकुम, फागुन ११ । तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा मारिएका ६ सय ६७ जनाको सम्झनामा पश्चिम रुकुमको मुसिकोट सल्लेमा शान्ति स्मारक निर्माण गरिएको छ ।

    मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र ‘हरप्लेस’ रुकुमको समन्वयमा जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका र हरप्लेस रुकुमको आर्थिक सहयोगमा शान्ति स्मारक निर्माण गरिएको हो । स्मारकमा राज्य र विद्रोही पक्षबाट रुकुममा मारिएका ६ सय ६७ जनाकै नाम उल्लेख गरिएको छ ।

    राज्य र विद्रोही पक्षबाट मारिएकाहरुको सम्मान र सम्झनामा शान्ति स्मारक बनाइएको हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताए ।

    स्मारक निर्माणका लागि कुल ९ लाख २ हजार रुपैयाँ लागेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij