बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

फिदिम नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • फिदिम, फागुन ११ । पाँचथरको फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलरसहित कृषि सामग्रीहरु वितरण गरेको छ ।

    ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिकाको कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिए ।

    यस्तै, ७० वटा प्लास्टिक टनेल, थोपा सिंचाई ४० वटा, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २ सय ३५ वटा, मकैको बीऊ ४ टन, च्याऊको बीऊ २ हजार पोका वितरण गरिएको छ ।

    मिनीटिलर वितरण कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई निरन्तर सहयोग गरिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij