बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बस र ट्रक ठोक्कियो, एकजनाको मृत्यु, २८ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • नवलपरासी, फागुन ११ । नवलपरासीको सुनवल नगरपालिकास्थित हरकट्टामा बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु२ख १६०५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको युपी ८३ एपी ३९६६ नम्बरको भारतीय ट्रक ठोक्किएर दुर्घटना हुँदा बस चालक २७ वर्षीय जीवनकुमार अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा २८ घाइते जना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij