प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४
काठमाडौंको सुकेधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सडकमा गुडिरहेको ज ७ प ५२२१ नम्बरको मोटरसाइकलले बा ८५ प २८२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र उक्त मोटरसाइकल चालक चितवनका २६ वर्षिय रोशन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नो सुरमा हिँडेका अधिकारीलाई अर्को मोटरसाइकलले ठक्कर दिँदा उनी पार्किङ गरी राखिएको गाडीमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारकै क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij