बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • राजविराज, फागुन १३ । सप्तरीको कञ्चनरुप नगरपालिका–६, क्वाटर मलेठमा आइतबार माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    सप्तरीकै फत्तेपुरबाट कन्चनरुपतर्फ जाँदै गरेको को३१प ३३५० नम्बरको मोटरसाइकललाई बा४ख ८२४८ नम्बरको माइक्रो बसले बिहान ८ बजे ठक्कर दिएको थियो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–१ का २६ वर्षीय राजेश कुमार साहको अञ्चल अस्पताल राजविराजमा सबा ८ बजे मृत्यु भएको हो ।

    त्यस्तै, पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–२ का २७ वर्षीय दिलिप कुमार साहको भने न्यूरो अस्प्ताल विराटनगरमा मृत्यु भएको हो ।

    ठक्कर दिने माइक्रोसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij