बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • लहान, फागुन १४ । सिराहाको धनगढीमाई–८ कुसहामा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार स१झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेष्ट लेखिएको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका धनगढीमाई ८ कै २३ वर्षीय दिपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा गएराति सवा १० बजे मृत्यु भएको हो ।

    एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij