बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

औषधि लिमिटेडले सिटामोलको व्यावसायिक उत्पादन थाल्यो

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • काठमाडौं, फागुन १४ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सोमबार (आज)देखि सिटामोलको व्यावसायिक उत्पादन सुरु गरेको छ ।

    लामो समय बन्द रहेर ११ महिनाअघि पुनः सन्चालनमा आएको नेपाल औषधि लिमिटेडले जीवनजलपछि सिटामोलको उत्पादन सुरु गरेको हो । सिटामोलको बजार मूल्य प्रतिट्याबलेट १ रुपैयाँ रहेको छ ।

    औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसन सुवेदीले १० लाख ट्याबलेट उत्पादन गरी फागुनपछि सिटामोल बजार पठाउने तयारी भइरहेको बताए ।

    सरकारले निःशुल्करुपमा वितरण गर्दै आएका ७० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य नेपाल औषधि लिमिटेडले राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij