बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पर्याप्त आहारा नहुँदा गिद्ध लोप हुने अवस्थामा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • रुकुम, फागुन १५ । केही वर्ष पहिले रुकुममा प्रशस्त मात्रामा देखिने गिद्ध पछिल्लो समयमा हराउँदै गएका छन् ।

     

    केही वर्ष पहिले रुकुममा प्रशस्त मात्रामा देखिने गिद्ध पछिल्लो समयमा हराउँदै गएका छन् ।

    खोलानाला, वनजंगल र ओढारमा प्रशस्त देखिने गिद्ध पछिल्लो समयमा देखिन छाडेका हुन् ।

    गिद्धका लागि प्रख्यात मानिएको आठबिसकोट, गोतामकोट, घेत्मा, बाँफीकोट, सिस्ने, हुकाम, मैकोटलगायतका ठाउँमा पनि अहिले गिद्ध देखिनै छोडेका छन् ।

    गिद्धको आहार सिनो र मरेका जनावर हुन् । तर पछिल्लो समयमा पर्याप्त आहारा नहुँदा गिद्ध हराउँदै गएको जिल्ला वन कार्यालय रुकुमले जनाएको छ ।

    पशु मरेपछि गाड्ने चलन बढ्दै गएकाले गिद्धको आहारामा कमी आएको बताइएको छ । रुकुम सुन गिद्ध र खैरो गिद्धका प्रख्यात स्थल हो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij