बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बस र ट्रक आपसमा ठोक्किदा १४ जना घाइते

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४



  • ओखलढुंगा, फागुन १६ । ओखलढुङ्गाको मानेभञ्याङ्ग गाँउपालिका–७ मा गएराति बस र ट्रक आपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार गएराति ९ बजे बा३ख १७३ नम्बरको बस र ना५ख ६३८५ नम्बरको ट्रक आपसमा ठोकिएको हो । दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा बर्दियाका ४५ वर्षीय रुन्चे थारु र काठमाडौंका ४८ वर्षीय रत्न श्रेष्ठ गम्भिर घाइते भएका छन् । गम्भिर घाइते दुबैजनालाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

    बाँकी घाइते भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij