बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

हावाहुरीले पाराग्लाइडिङ खस्यो, दुईजना घाइते

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४



  • पोखरा, फागुन १८ । कास्कीको खपौंदीमा शुक्रबार एक पाराग्लाइडिङ खस्दा दुईजना घाइते भएका छन् ।

    दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट कास्की, खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका हुन् ।

    हावाहुरीका कारण अवतरण गर्नेक्रममा अनियन्त्रित भइ पाराग्लाइडिङ भुइँमा झरेको थियो ।

    घाइतेमध्ये जापानी नागरिकको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवासिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij