बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पाँचौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी पूरा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • कपिलवस्तु, फागुन १९ । कपिलवस्तुको तौलिहवामा आइतबारदेखि सुरु हुने पाँचौं प्राचीन कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

    तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सन्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    भगवान् गौतमबुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र बुद्धसँग जोडिएका स्थानहरुको प्रचारप्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको जनाइएको छ ।

    महोत्सवमा कृषि, पर्यटन, व्यापार, बालउद्यान, मनोरन्जन, गौतमबुद्ध र प्राचीन कपिलवस्तुको झल्को दिने सामग्रीहरु प्रदर्शनीमा राखिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

    महोत्सवमा एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।

    डेढ लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij