बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • पोखरा, फागुन २१ । पोखराको विजयपुरमा गएराति दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ ।

    बागलुङबाट काठमाडौं जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग११प ३६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो ।

    वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij