बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

संखुवासभाको चन्दनपुरमा घरमा कोही नभएको बेला गौतमको घरमा आगो लाग्यो, करोड बढीको क्षति

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • संखुवासभाको खादबारी नगरपालिका १० चन्दनपुरस्थित नन्दलाल गौतमको घरमा अज्ञात समूहले आगो लगाइदिएका छन्।

    आइतबार साँझ सवा ५ बजेको समयमा लागेको आगोले साढे २ तले घर पूर्ण रूपमा क्षति भएको छ।

    घरमा कोही नभएको मौकामा कसैले आगो लगाइदिएको गौतमका छोरा रविचन्द्रले जानकारी दिए। गौतमका अनुसार घरमा रहेको गरगहना, केही नगद र अन्न जलेर नस्ट भएको छ।

    प्रारम्भीक अनुमान अनुसार करिब १ करोडभन्दा बढीको क्षति भएको छ।

    घरमा चाबी लगाएर गौतम स-परिवार काठमाडौं गएका थिए। सोही मौका पारेर कसैले आगो लगाइदिएको उनीहरूको आशंका छ।

    घटनाको अनुसन्धान गर्न जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij