बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आगोलागीमा एक घाइते, सात लाखको क्षति

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • नुवाकोट, फागुन २१ । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा सोमबार आगोलागी हुँदा एकजना घाइते भएका छन् ।

    आगोलागीमा परी रु सात लाख बराबरको धनमाल जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

    नेपाली सेनामा कार्यरत् क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगोलागी हुँदा उनका भाइ ३० वर्षीय प्रदीप थापाको शरीरको चोट लागेको छ र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

    आगोलागीबाट ढुँगामाटोले बनाएको घर पूर्णरुपमा जलेर नस्ट हुँदा एकथान स्कुटर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै नस्ट भएको प्रहरीचौकी ढिकुरेका इन्चार्ज प्रनानि टेकबहादुर पालले जानकारी दिए ।

    बिहान उज्यालो हुनुअघि घटना भएका कारण इबीमा आगो लगाइदिएको हुनसक्ने भन्दै छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

    घटनाको जानकारी बिहान अबेरमात्र प्राप्त भएको र आगो लाग्नुको कारणसमेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij