प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४
शिव राज पन्थी , दाङ । गर्मीको समय आउँदै गर्दा देउखुरीका वन क्षेत्रहरुमा चोरी शिकारीका कारण लाग्ने आगलागी रोक्न सरोकारवालाहरु चिन्तीत हुन थालेका छन् । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले सरोकारवाला विच एक कार्यक्रमको आयोजना गरि राप्तीपारीका सामुदायिक तथा राष्ट्रिय वनहरुमा हुने चोरी शिकारी र अगलागी नियन्त्रण गर्न पूर्व सतर्कता अपनाउन थालेको छ ।
संस्थाले आयोजना गरेको चोरी शिकारी तथा वन डढेलो नियन्त्रण कार्यक्रमबाट गढवा र राजपुरका सामुदायिक वनहरुमा टोली परिचालन गर्ने भएको हो । जसकालागि संस्थाका अध्यक्ष उमाकान्त पन्तको संयोजकत्वमा ईलाका वन कार्यालय पदेन सदस्य रहेको ११ सदस्यिय टोली चोरी शिकारी तथा आगलागी नियन्त्रण गर्न परिचालित हुने भएको बताईएको छ ।
सोको लागी कार्यक्रममा सालझण्डी सामुदायिक वन र चन्दनपुर सामुदायिक वन समूहलाई एक एक थान क्यामरा र जिपिएस मसिन समेत उपलब्ध गराईएको अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयो । सो अभियानमा सहयोग गर्न स्थानीय सरकार, गाउँ नगर पालिका, सत्तचार माध्यमहरु र सामुदायिक वन समूहहरु लगायत सबैलाई संस्थाले ध्यानाकर्षण गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij