सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

२४ घण्टामा काँग्रेसमाथि ओलीको दोस्रो हमला

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं  ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई कुँडो खाएर अघाएको भैंसीको संज्ञा दिएका छन् ।

    एमाले अध्यक्ष ओलीले मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको बताए । नेकपा एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले नेपाली काँग्रेस अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बनेजस्तै देखिएको बताए ।

    उनले देशको सबैभन्दा ठूलो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको बताए ।

    एमाले अध्यक्ष ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप लगाए । विभिन्न संस्था र दलहरुलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

    एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरुले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरुले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताए ।

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस माओवादीले सरकारमा बसेर मनपरी गर्दा पनि मौन भएको बसेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले मनपरी गरेपनि पहिलो पार्टी समेत रहेको कांग्रेस भने चुपचाप बस्नु आश्चर्यजनक भएको उनले बताए ।

    ओलीले हिजोमात्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका थिए ।

    राजधानीमा आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ विमोचन कार्यक्रममा ओलीले कांग्रेससँग कुनै पनि नीति नभएको बबताएका थिए ।  ‘संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस निदाएको छ कि ब्युझेको छ थाहा छैन, नीति छ कि छैन थाहा छैन, कसो हुनुपर्छ थाहा छैन,’ कांग्रेस आराम गरिरहेको उल्लेख गर्दै ओलीले बताएका थिए , ‘बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ, कांग्रेसले के शिकार गर्‍यो कुन्नी खुट्टा पसारेर सुतेको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij